New Set १-१०
Nepal Rastra Bank assistant level GK
Set 1 to set 10
200 questions in one
१. FIFA विश्वकप फुटबल 2018 को फाइनल खेल कुन शहरको कुन रंगशालामा खेलिएको थियो? Moscow शहरको Luzhniki Stadium मा
२. नामखा गाउँपालिका कुन जिल्लामा अवस्थित छ? हुम्ला
३. नेपालमा क्षतिपूर्ति सहितको नागरिक वडापत्र कहिले देखि लागू भएको थियो? वि सं २०७० वैशाख २
४. काठमाडौँ उपत्यकामा खानेपानी वितरण गर्ने ट्यांकरलाई पानीको गुणस्तरका आधारमा कति प्रकारका र कुन कुन रंगको स्टिकरको व्यवस्था गरिएको छ? ३, निलो, हरियो र पहेंलो
५. नेपालको पहिलो कृषि विज्ञान केन्द्र कहाँ रहेको छ? मकवानपुरको पालुङस्थित ओखर बजारमा
६. श्री ५ महेन्द्रबाट जारी भएको संविधान कुन हो? नेपाल अधिराज्यको संविधन, २०१५ र नेपालको संविधान, २०१९
७. नाइजर को व्यवस्थापिकालाई के भनिन्छ? स्टेटेन्
८. प्रतापसिंह शाहको पालामा कसको नेतृत्वमा एक प्रतिनिधिमण्डल तिब्बत गई वि सं 1832 मा एक सन्धि गरेका थिए? रूपनारायण कार्की
९. दिल्ली सम्झौता हुँदा नेपालका प्रधानमन्त्री को थिए? मोहन शमशेर
१०. नेपालका प्रथम महालेखा परीक्षक को हुन्? चन्द्रबहादुर थापा
११. खप्तड राष्ट्रिय निकुञ्ज कुन-कुन जिल्लाहरुमा फैलिएको छ? बझाङ, डोटी, बाजुरा र अछाम
१२. मर्स्याङ्दी नदीको उद्गमस्थल कहाँ रहेको छ? दामोदर हिमाल
१३. रत्न राजमार्गको सुरु स्थान र अन्तिम स्थान कहाँ रहेको छ? सुरु स्थान: जमुनिया बाँके अन्तिम स्थान: बाङ्गेसिमल सुर्खेत
१४. 25 मेगावाट देखि सय मेगावाट उत्पादन क्षमता रहेको जलविद्युत आयोजनाहरुलाई के भनिनछ? मझौला जलविद्युत आयोजना
१५. रकमान्तर गर्दा कसको पूर्वस्वीकृति लिनुपर्दछ? अर्थमन्त्रालयको
१६. क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकाको मुद्रालाई के भनिन्छ? Canadian dollar, पेसो, अमेरिकी डलर
१७. मातातीर्थ औंसी कुन तिथिमा मनाइन्छ? वैशाख कृष्ण औंसीका दिन
१८. रामायणमा कति काण्ड रहेका छन्? ७ काण्ड
१९. “आत्म पहिचान नै शिक्षा हो” यो भनाइ कसको हो? शुक्राचार्य
२०. कुन पत्रिका मार्फत झर्रोबादी आन्दोलन चलाइएको थियो? नौलो पाइलो
२१. नेपाल राष्ट्र बैंकले लेखापरीक्षण प्रतिवेदन कहिले र को समक्ष पेश गर्नु पर्दछ? आर्थिक वर्ष समाप्त भएको मितिले 4 महिनाभित्र नेपाल सरकार समक्ष
२२. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 को प्रमाणिकरण कहिले भएको थियो? वि सं 2074 वैशाख 10
२३. कुनै पनि बैंक वा वित्तीय संस्थामा रहेको कर्जा निष्क्रिय कर्जामा वर्गीकरण भएको ऋणीलाई प्रवाहित कर्जालाई कुन कर्जा वा सापटमा वर्गीकरण गरिन्छ? सूक्ष्म निगरानी
२४. नेपालमा चलनचल्तीमा रहेको भारतीय रुपैयाँलाई कहिलेदेखि प्रतिबन्ध लगाइयो? वि सं २०२३
२५. चिन, क्यानडा र अष्ट्रेलियाको केन्द्रीय बैंकको नाम के हो? People's bank of China, Bank of Canada र Reserve Bank of Australia
२६. IBRD को पूरा रूप के हो? International bank for reconstruction and development
२७. नेपालको पहिलो जनगणना 1968 अनुसार नेपालको जनघनत्व कति थियो? ३८ व्यक्ति प्रति वर्ग किलोमिटर
२८. नेपाल नेत्रहीन क्रिकेट संघको स्थापना कति सालमा भएको हो? वि सं २०६३
२९. “कट्टेल सरको चोटपटक” उपन्यासका लेखक को हुन् र यही उपन्यासमा आधारित चलचित्र कुन हो? ध्रुवचन्द्र गौतम, वासुदेव
३०. MS Word पहिलोपटक रिलिज हुँदा के नामले रिलिज भएको थियो? Multi Tool Word For Xenix
३१. Uranium पत्ता लगाउने वैज्ञानिक को हुन्? Martin Heinrich Klaproth
३२. टाढाबाट आउने हवाईजहाजको गति र दिशा को जानकारी दिने यन्त्रलाई के भनिन्छ? Radar
३३. नेपालमा जातीय भेदभाव एवं छुवाछुत विरुद्धको दिवस कहिले मनाइन्छ? जेष्ठ २१ गते
३४. चौधौं योजनाको अन्त्यसम्ममा 15 देखि 24 वर्ष उमेर समूहको साक्षरता दर कति प्रतिशत पुर्याउने लक्ष्य रहेको छ? ९२%
३५. राष्ट्रिय शिक्षा पद्धतिको योजना (2028-32) कहिले देखि कार्यान्वयनमा आएको थियो? वि सं २०२८ वैशाख १५
३६. न्यायशास्त्रका पिता भनेर कुन ऋषिलाई बुझिन्छ? गौतम ऋषि
३७. महाभारतको युद्ध कति दिनसम्म कहाँ चलेको थियो? १८ दिनसम्म कुरुक्षेत्रमा
३८. नेपालमा हालसम्म जलबिद्युत आयोजना मध्ये सबैभन्दा सस्तो मानिएको जलविद्युत आयोजना कुन हो र प्रति यूनिट लागत कति रहेको छ? चिलिमे जलविद्युत आयोजना, प्रतियुनिट लागत रु २.१९
३९. स्वच्छ वातावरणको लागि कति प्रतिशत वनको आवश्यकता पर्दछ? ४३%
४०. ठाडा दह, कामिनी दह, जोगी दह र भोटे दह कुन कुन जिल्लामा अवस्थित छन्? अर्घाखाँची, बारा, उदयपुर र दाङ
४१. राष्ट्रिय जनगणना 2068 अनुसार काठमाडौ जिल्लामा कुल जनसंख्याको कति प्रतिशत मानिस बसोबास गर्दछन्? ६.५८%
४२. NEPSE को पूरा रूप के हो? Nepal Stock Exchange
४३. नेपालको पहिलो क्षेत्रीय वाणिज्य बैंक कुन हो? Lumbini bank limited
४४. Standard chartered bank nepal limited को स्थापना बेला यसको नाम के थियो? नेपाल ग्रिण्डलेज बैंक लिमिटेड
४५. नेपाल राष्ट्र बैंकका 15 औं गभर्नर को हुन्? डा. युवराज खतिवडा
४६. जनआन्दोलन-2 पछिको नेपाल सरकार लेखिएको पहिलो नोट कहिले प्रकाशित भयो? विसं २०६३/०६/०६
४७. नबिकरण नभई अस्थाई रुपमा भुक्तानी अवधि बढाइ कायम रहेका अल्पकालीन वा चालु पूँजी कर्जा लाई कस्तो कर्जा भनिन्छ? सुक्ष्म निगरानी
४८. नक्कली कागजात पेश गरी खाता खोल्नेलाई कस्तो सजाय हुन्छ? बिगो भराई बिगो खुलेकोमा बिगो बमोजिम जरिवाना र तीन महिनासम्म कैद
४९. नेपालको पहिलो चलचित्र हल कुन हो? मदन जनसेवा सिनेमा हल
५०. WWW का आविष्कारक को हुन्? Tim Berners-Lee
५१. पहिलोपल्ट मानिसमा bird flu कहिले देखा परेको थियो? सन १९९६ मा
५२. रात देखि डराउने लाई के भनिन्छ? Nyctophobia
५३. पानीभित्रको आवाज नाप्ने यन्त्रलाई के भनिन्छ? Hydrophone
५४. “Come tomorrow” कृतिका लेखक को हुन्? मदनमणी दीक्षित
५५. विश्वविद्यालय कमिशन को गठन कहिले भएको हो? वि सं २०१२ चैत्र १८
५६. झुमरा नाच कुन समुदायमा प्रचलित नाच हो? थारु समुदाय
५७. वैदिक समयमा समाजको सबैभन्दा ठूलो मानिस को हुन्थ्यो? पुरोहित
५८. चौधौँ योजनाको अन्त्यसम्ममा गरिबीको रेखामूनिको जनसंख्या कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? १७%
५९. नेपालमा कुन योजनादेखि न्यूनतम आधारभूत आवश्यकता परिपूर्ति गर्ने उद्देश्य राखियो? छैठौं योजना
६०. महेन्द्र राजमार्गले छुने पहाडी जिल्लाहरू कुन कुन हुन्? अर्घाखाँची र मकवानपुर
६१. काठमाडौंलाई धुम्रपान मुक्त शहर कहिले घोषणा गरिएको हो? वि सं २०७४ फागुन ११ गते
६२. नेपालको सबैभन्दा अग्लो स्थानमा रहेको भञ्ज्याङ कुन हो र कति उचाइमा अवस्थित छ? चाबुक भञ्ज्याङ, ५,९७९ मिटर
६३. अन्तर्राष्ट्रिय मुद्रा कोषको स्थापना कहिले भयो? सन् १९४५ डिसेम्बर २७
६४. MPS को पूरा रूप के हो? Market Price per Share
६५. इराक, कतार र UAE को केन्द्रीय बैंकको नाम के हो? Central Bank of Iraq, Qatar National Bank, United Arab Emirates Central Bank
६६. कस्तो कर्जा वा सापट लाई शंकास्पद कर्जा वा सापट मानिन्छ? 6 महिनादेखि बढीमा एक वर्षसम्म भाखा नाघेका कर्जा वा सापट
६७. तराई तथा पहाडी क्षेत्रको अभारित मूल्य सूचकांक (unweighted price index) कहिलेदेखि प्रकाशन गर्न शुरू गरियो? क्रमशः वि सं २०१९ र वि सं २०२०
६८. वित्तीय क्षेत्र विकास रणनीतिले कति वटा मार्गदर्शक सिद्धान्तहरु लिएको छ? १० वटा
६९. डिपुटी गभर्नरको नियुक्ति कसले गर्छ? गभर्नरको सिफारिसमा नेपाल सरकार, मन्त्रिपरिषदले
७०. गौरीटार रंगशाला कुन ठाँउमा निर्माण भएको छ? हेटौँडा
७१. प्रथम साफ फुटबल प्रतियोगिता कहिले र कहाँ भएको थियो? सन् १९९७ सेप्टेम्बर ४-१३, काठमाडौं
७२. नेपालमा रजत जयन्ती मनाउने पहिलो नेपाली चलचित्र कुन हो? कुसुमे रुमाल
७३. ROM, CD, DVD को पूरा रूप के हो? Read Only Memory, Compact Disc, Digital Versatile Disc
७४. खोप सम्बन्धी आविष्कारका लागि प्रसिद्ध वैज्ञानिक को हुन्? लुई पाश्चर
७५. छापामारको छोरो, दामिनी भिर, पल्पसा क्याफे का लेखक को को हुन्? महेश विक्रम शाह, राजन मुकारुङ, नारायण वाग्ले
७६. नेपाली भाषालाई परीक्षाको माध्यम भाषाको रुपमा त्रिभुवन विश्वविद्यालयले कहिलेदेखि बनाएको हो? वि सं २०१८ वैशाख ३०
७७. धिमे नाच र लाखे नाच कुन जातिमा प्रचलित नाचहरु हुन? नेवार
७८. महाभारतमा कर्णलाई अङ्गका राजा कसले बनाएका थिए? दुर्योधन
७९. चौधौं योजनाको अन्त्यसम्ममा विद्युतमा पहुँच प्राप्त जनसंख्या कति प्रतिशतमा पुर्याउने लक्ष्य रहेको छ? ८७%
८०. नेपालमा समुद्र सतहदेखि कति उचाईसम्म उष्णप्रदेशीय सदावहार जंगल पाइन्छ? समुद्र सतह देखि १२०० मीटरको क्षेत्रमा
८१. विश्व व्यापार संगठनको सदस्यता लिने समयमा नेपालले कति सालपछि नेपालमा विदेशी बैंकलाई शाखा खोल्न दिने प्रतिबद्धता जनाएको थियो? सन् २०१० पछि
८२. नेपालमा सर्वप्रथम विसं २००२ साल असोज १ गते प्रकाशित नोटमा कसको हस्ताक्षर गरिएको थियो? खजान्ची जनकराज
८३. टि. आर कर्जा (Trust Receipt Loan) भुक्तानी गर्ने प्रयोजनको लागि प्रतितपत्र खोल्दाका बखत उल्लेख नगरिएको अन्य कुनै नयाँ कर्जा स्वीकृत गरी प्रवाह भएमा त्यस्तो कर्जालाई कस्तो कर्जा मानिन्छ? खराब कर्जा
८४. पाँचौँ पारिवारिक बजेट सर्वेक्षणमा घरपरिवारहरुबाट प्राप्त उपभोग खर्च सम्बन्धी तथ्यांकलाई कति समूहमा वर्गीकरण गरी विश्लेषण गरिएको थियो? १२ वटा समूह
८५. सञ्चालक समितिको बैठक बस्न कम्तीमा कति सञ्चालक उपस्थित हुनु पर्दछ? कम्तिमा ५१%
८६. नेपाल राष्ट्र बैंकको लेखापरीक्षण समितिमा कति जना सदस्य रहने व्यवस्था छ? ३ जना
८७. चन्द्रमामा सर्वप्रथम खेलिएको खेल कुन हो? गल्फ
८८. नेपालको पहिलो थ्रीडी चलचित्र कुन हो? भिजिलान्ते
८९. GSM, RUIM र SIM को पूरा रूप के हो? Global System of Mobile, Removable User Identity Module, Subscriber Identity Module
९०. सोडियम को ल्याटिन नाम के हो? Natrium
९१. लिट्मस पेपरलाई एसिडले कुन रंगमा परिवर्तन गर्दछ? रातोमा
९२. तिलोत्तमाको भेल, अपमानित संस्था, पुछारको पाटो कृतिका लेखक को को हुन्? धर्मराज थापा, वाशु शशी र मोहनराज शर्मा
९३. नेपाली साहित्यमा जापानी हाइकु कुन कविले भित्र्याएका थिए? शंकर लामीछाने
९४. सन् 2000 मा सबैका लागि शिक्षा सम्मेलन कहाँ भएको थियो? सेनेगलको डकार
९५. नेपालको पहिलो संस्कृत पाठशाला कहाँ स्थापना भएको थियो? दिङ्ला
९६. room to read को स्थापना कहिले र कसले गरेका हुन्? सन् २००० मा जोन उडले
९७. विरुडामा कुन कुन अन्न समावेश गरिएको हुन्छ? केराउ, गुराँस, मकै, चना, तिल, सिमि , गहत, भटमास, मास मध्ये 5 अन्न समावेश गरिएको हुन्छ
९८. धर्मका चार पाउ भन्नाले के केलाई जनाउँदछ? दया, सत्य, शान्ति, अहिंसा
९९. चौधौं योजनाको अन्त्य सम्ममा आर्थिक वृद्धिदर कति पुर्याउने लक्ष्य लिएको छ? ७.२%
१००. विश्वको सबैभन्दा अग्लो ठाउँमा अवस्थित अन्तर्राष्ट्रिय विमानस्थल कुन हो? नगारी विमानस्थल, तिब्बत
१०१. बाउली खोला कुन जिल्लामा पर्दछ? बझाङ
१०२. नेपालमा हालसम्म कति वटा पंचवर्षीय आवधिक योजनाहरु को निर्माण भइसकेको छ? ९ वटा
१०३. श्रीपञ्चमी कुन दिन मनाइन्छ? माघ शुक्ल पञ्चमी
१०४. एसियाको मेकोङ नदी कति देश भएर बग्ने गर्दछ? ६
१०५. कुन राणा प्रधानमन्त्रीको बाल्यकालको नाम वीरनरसिंह कुँवर थियो? जंग बहादुर राणा
१०६. नेपालको कुन संविधानमा पहिलो पटक निर्देशक सिद्धान्तहरूको व्यवस्था गरिएको थियो? नेपालको अन्तरिम शासन विधान, २००७
१०७. काठमडौं, भक्तपुर र ललितपुरका अन्तिम मल्ल राजाहरू को को हुन्? क्रमशः जय प्रकाश मल्ल, रणजीत मल्ल, तेज नरसिंह मल्ल
१०८. नेपाल प्रजा परिषद्को मूल उद्देश्य के थियो? निरङ्कुश शासनको अन्त गरी प्रजातान्त्रिक व्यवस्थाको सूत्रपात गर्नु
१०९. बज्रयोगिनी रथयात्रा को प्रचलन कसले चलाएका हुन्? अमर मल्ल
११०. बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सन् 1989 ले कति बर्ष उमेर सम्मकालाई बालबालिका भनी परिभाषित गरेको छ? १८ वर्ष
१११. लिच्छविकालमा शैक्षिक प्रशासन हेर्ने निकायलाई के भनिन्थ्यो? अग्रहार
११२. बेमौसमी आस्थाहरु कृतिका लेखक को हुन्? झमक घिमिरे
११३. अन्तर्राष्ट्रिय शान्ति दिवस, विश्व बसोबास दिवस र विश्व मधुमेह दिवस कहिले मनाइन्छ? September 21, October 4, November 14
११४. ज्ञानको स्वभाव र उत्पत्तिबारे को अध्ययन गर्ने विज्ञानलाई के भनिन्छ? Epistemology
११५. नेपाल चलचित्र संस्थान द्वारा निर्मित पहिलो चलचित्र कुन हो? मनको बाँध
११६. नेपाल सरकारले गभर्नरलाई पदमुक्त गर्नु अघि कसको अध्यक्षतामा जाँचबुझ समिति गठन गर्नु पर्दछ? सर्वोच्च अदालतबाट अवकाश प्राप्त न्यायधिस मध्येबाट नेपाल सरकारले तोकेको व्यक्ति
११७. कुनै एक बैंक वा वित्तीय संस्थामा लगानी गर्ने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले अर्को बैंक वा वित्तीय संस्थामा लगानी गर्दा उक्त बैंक वा वित्तीय संस्थाको चुक्ता पुँजीको कति प्रतिशत भन्दा कम हुने गरी मात्र लगानी गर्नुपर्ने व्यवस्था छ? १%
११८. नेपाल सरकार, मन्त्रिपरिषदबाट वित्तीय क्षेत्र विकास रणनीति कहिले स्वीकृत भयो? वि सं २०७३ पौष २२ गते
११९. प्रतीतपत्र, जमानत तथा अन्य सम्भावित दायित्वहरु फोर्स लोनको रूपमा कोषमा आधारित कर्जामा परिणत भएको अवस्थामा त्यसरी कर्जामा परिणत भएको मितिले नब्बे दिनसम्म असुली नभएको कर्जालाई कुन कर्जाको रुपमा लिइन्छ? खराब
१२०. जनसंख्या र विकाससम्बन्धी प्रथम अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ भएको थियो? सन् १९५४, इटालीको रोममा
१२१. भक्तपुर जिल्ला कहिले पूर्णखोप सुनिश्चित जिल्ला भएको हो? वि सं २०७५ असर ३२
१२२. कहरवा नाच कुन जातिको प्रचलित नाच हो? कहार
१२३. “म को हुँ” कृतिका लेखक को हुन्?शिव गोपाल रिसाल
१२४. ५९ सदस्यीय राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट कति कति जना चुनिने व्यवस्था रहेको छ? आठ आठ जना
१२५. अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) को प्रधान कार्यालय कहाँ रहेको छ? स्वीजरल्याण्डको ज्युरिचमा
१२६. कस्तो कर्जालाई सक्रिय कर्जा मानिन्छ? असल र सूक्ष्म निगरानीमा रहेको कर्जा
१२७. FPO को पुरा रुप के हो? Further public offering
१२८. विश्वको सबैभन्दा सानो मुद्रा कुन हो हो जयप्रकाश मल्लले चलाएको जावा
१२९. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन 2073 अनुसार कार्यकारी प्रमुख बढीमा कति पटकसम्म नियुक्त हुन पाउँछ? २ पटक
१३०. नेपाल राष्ट्र बैंकको सञ्चालकको नियुक्ति कसले गर्छ? नेपाल सरकार, मन्त्रिपरिषद
१३१. अतिकम विकसित राष्ट्रहरूको सूची तयार पार्ने संयुक्त राष्ट्र संघको विशिष्टिकृत निकाय कुन हो? संयुक्त राष्ट्रसंघीय व्यापार तथा विकास सम्मेलन
१३२. क्युबाको व्यवस्थापिका लाई के भनिन्छ? नेशनल एसेम्बली अफ पिपुल्स पावर
१३३. कसैले सक्कल नागरिकताको विवरणमा आफू खुसी थपघट गरेमा वा सच्याएमा के कति सजाय हुने व्यवस्था छ? तीन महिनासम्म कैद वा रु 10 हजारसम्म जरिवाना वा दुवै
१३४. “सात भाइ” भनेर कुन चरालाई चिनिन्छ? Jungle babbler
१३५. सापेक्षवादको सिद्धान्तका प्रतिपादक को हुन्? निकोलस कोपर्निकस
१३६. इन्द्रको हतियार वज्र कुन ऋषिको हाडबाट बनेको थियो? दधिची
१३७. नेपालको पहिलो डिजेल प्रशोधन उद्योग कुन हो? मोरङ हत्तिमुठा स्थित कोशी पेट्रोकेमिकल्स प्रा लि
१३८. सटही विवाह को प्रचलन कुन जातिमा छ? राजी
१३९. नेपालको पहिलो महिला कृषि वैज्ञानिक को हुन्? केशरी लक्ष्मी मानन्धर
१४०. धोबिखोला, दरौंदी नदी र मर्स्याङ्दी नदी को पौराणिक नाम के हो इ? रुद्रमती, विश्वधारा र शितप्रवाह
१४१. आवधिक कर्जा भन्नाले कस्तो कर्जालाई बुझिन्छ? एक वर्षभन्दा बढी भुक्तानी अवधि कायम गरी प्रवाह गरिएको कर्जा सापट
१४२. पाँचौं पारिवारिक बजेट सर्वेक्षणमा तथ्याङ्क सङ्कलन का लागि कुन विधि प्रयोग गरिएको थियो? Household Diary Method
१४३. कुनै बैंक वा वित्तिय संस्थाको शाखाबाट ३० मिनेटको दुरीमा बसोबास गर्ने जनसंख्या आ. व २०६७/६८ मा ३९% रहेकोमा आ.व २०७७/७८ सम्ममा कति पुर्याउने लक्ष्य लिएको छ? ५०%
१४४. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन,२०७३ अनुसार कार्यकारी प्रमुखको नियुक्ति कसले गर्दछ? सञ्चालक समितिले
१४५. नेपाल सरकारले वार्षिक बजेट तयार गर्दा आन्तरिक ऋण लगायत अधिविकर्षको सम्बन्धमा को सँग परामर्श लिने व्यवस्था छ? नेपाल राष्ट्र बैंक
१४६. ३२ औं ओलम्पिक खेलकुद कहिले र कहाँ आयोजना हुँदै छ? सन् २०२०, जापान
१४७. नेपालको पहिलो महिला चलचित्र निर्देशक को हुन? सुचिता श्रेष्ठ
१४८. कम्प्युटर विज्ञानमा प्रयोग हुने HTTP को पूरा रूप के हो? Hyper Text Transfer Protocol
१४९. घाउ निको हुनुमा सहयोग गर्ने भिटामिन कुन हो? भिटामिन सी
१५०. Tomography के का लागि प्रयोग गरिन्छ? X-ray को मद्दत बाट कुनै पनि बस्तुको विषेश भाग हेर्न प्रयोग गरिन्छ
१५१. “रचना केशर”, “कविता कुसुम”, “सोताला” र “फुटेको ऐना” कृतिका लेखक को को हुन्? गोपाल पाण्डे 'असिम', घटराज भट्टराई, डोर बहादुर विष्ट र बालकृष्ण पोखरेल
१५२. नेपाली साहित्यमा तरलतावादका नायक भनेर कसलाई चिनिन्छ? फणिन्द्र नेपाल
१५३. वि सं २००७ सालको परिवर्तन पछि नेपालमा साक्षरता प्रतिशत कति थियो? २%
१५४. नेपाल राष्ट्रिय शिक्षा योजना आयोग २०११ मा कतिजना सदस्य थिए? ४६ जना
१५५. देवता र दानव मिली समुद्र मन्थन गर्दा निस्किएको विषलाई के भनिन्छ? कालकुट विष
१५६. कर्णाली अञ्चलको डोल्पा जिल्लाको सुर्भि गाउँमा रहेका अविवाहित युवतीहरु प्रत्येक वर्ष पौष 15 गतेदेखि चैत 15 गतेसम्म आफुलाई चाहिने खाद्यान्न र लत्ताकपडा लिएर जंगलमा गाई जीवन बिताउने प्रथालाई के भनिन्छ? खुल्ला प्रथा
१५७. रुवान्डाको राजधानी कहाँ छ र त्यहाँको मुद्रालाई के भनिन्छ? किगाली, रुवान्डन फ्र्याङ्क
१५८. सहस्राब्दी विकास लक्ष्य अन्तर्गत कतिवटा लक्ष्य र उपक्षेत्रहरु थिए? ८ लक्ष्य, १६ उपक्षेत्र
१५९. बलेवा विमानस्थल, थामखर्क विमानस्थल र फाप्लु विमानस्थल कुन कुन जिल्लामा अवस्थित छन्? वाग्लुङ, खोटाङ, सोलुखुम्बु
१६०. आर्थिक बर्ष २०७४/७५ अनुसार साक्षरता दर सबभन्दा कम भएको प्रदेश कुन हो? प्रदेश नं २
१६१. चौधौँ योजनाको अन्त्यसम्ममा बेरोजगारी दर कति प्रतिशतमा झार्ने लक्ष्य लिएको छ? २%
१६२. भारत का सम्राट अशोक कुन किराँती राजाको पालामा नेपाल आएका थिए? स्थुंको को पालामा
१६३. खुवामाई वन नेपालको कुन जिल्लामा रहेको छ? झापा जिल्लामा
१६४. BIPPA को पूरा रूप के हो? Bilateral Investment Promotion and Protection Agreement
१६५. अन्तर्राष्ट्रिय पर्वतीय दिवस कहिले मनाइन्छ? December 11
१६६. विश्वमा अहिलेसम्म प्रयोगमा रहेको छ पुरानो राष्ट्रिय झन्डा कुन देशको हो? डेनमार्क
१६७. बुद्धको पूर्वजन्ममा आधारित कथा संग्रह लाई के भनिन्छ? जातक कथा
१६८. हेपाटाइटिस बीले विशेषगरी कुन अङ्गमा प्रभाव पर्दछ? कलेजो
१६९. हरिवंश पुराण लाई साक्षी राखी प्रताप मल्ल सँग सन्धि गर्ने राजा को हुन्? श्रीनिवास मल्ल
१७०. महिला तथा समाज कल्याण मन्त्रालयले वि सं 2062 देखि राष्ट्रिय बाल दिवस कहिले मनाउने निर्णय गर्यो? भाद्र 29
१७१. युरोपेली केन्द्रीय बैंकको मुख्यालय कुन देशमा अवस्थित छ? Germany
१७२. डाइनामाइटको आविष्कार कसले गरेका थिए? अल्फ्रेड बर्नाड नोबल
१७३. इन्द्रायणी जात्रा बिशेषतः काठमाडौ जिल्लाको कुन स्थानमा मनाइन्छ? कीर्तिपुर
१७४. गोकुलेश्वर विमानस्थल नेपालको कुन जिल्लामा अवस्थित छ? दार्चुला
१७५. लिच्छविकालमा गाउँमा राजाको प्रतिनिधित्वको रुपमा कार्य गर्नेलाई के भनिन्थ्यो? द्वारे
१७६. नेपालको मेची, महाकाली, कर्णाली, कोशी, कन्काई र बबई नदिलाइ भारतमा पुगेपछि के नामले चिनिन्छ? महानन्दा, शारदा, घाँघरा, दामोदर, विरिङ र सरयु
१७७. पशुपतिनाथको चारैतिर चतुर्भुज नारायणको स्थापना कसले गरेका हुन्? प्रताप मल्ल
१७८. कर्जा असूल हुन नसकी लिलामी प्रक्रिया सुरु भएको 180 दिन नाघेमा वा असुली प्रक्रिया अन्तर्गत अदालतमा मुद्दा चलिरहेको अवस्थामा त्यस्तो कर्जालाई कस्तो कर्जा भनिन्छ? खराव कर्जा
१७९. नेपालको पहिलो बीमा कम्पनी कुन हो? नेपाल बीमा तथा यातायात कम्पनी (हालको नेपाल इन्स्योरेन्स कम्पनी)
१८०. बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, 2073 अनुसार संचालक समितिको बैठक वर्षमा कतिपटक बस्नुपर्ने व्यवस्था छ? कम्तीमा 12 पटक
१८१. बागमती सभ्यता संग्रहालय कहाँ रहेको छ? काठमाडौंको गुहेश्वरीमा
१८२. 18 औं एसियाली खेलकुद प्रतियोगिता आयोजना गरिएको छ र यसमा नेपालले कति वटा खेलमा आफ्नो सहभागिता जनाउँदै छ? इण्डोनेशियाको जकार्ता, २८ खेलमा
१८३. फोर्ब्स द्वारा सन् 2018 मा सार्वजनिक विश्वका शक्तिशाली व्यक्तिको सूचीमा पहिलो स्थानमा रहेका व्यक्ति को हुन्? चिनिया राष्ट्रपति सि जिन पिङ
१८४. युरो मनी एक्सिलेन्स बेस्ट बैंक नेपाल २०१८ बाट सम्मानित बैंक कुन हो? नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड
१८५. युरोपको कारखाना भनेर कुन देशलाई चिनिन्छ? बेल्जियम
१८६. हावापानीका हिसाबले मानव वस्तीका लागि नेपालको सबैभन्दा उपयुक्त मानिने भौगोलिक क्षेत्र कुन हो? पहाडी प्रदेश
१८७. नेपालका मुख्य तीन नदी कोशी, गण्डकी र कर्णालीहरुले नेपालका सम्पूर्ण नदी बहावको कति प्रतिशत अंश ओगटेको छ? ७४%
१८८. नेपालमा सर्वप्रथम सामुदायिक वनको अवधारणालाई कानुनी मान्यता कहिले प्राप्त भयो? वि सं २०३५
१८९. नेपालको भित्रिमधेस भावर क्षेत्र र चुरे पहाडमा पाइने माटो कुन प्रकारको माटो हो? बलौटे पत्थरिलो माटो
१९०. नेपालमा द्वैध शासन को थालनी कसको पालामा भएको थियो? वसन्त देवको पालामा
१९१. Switzerland को केन्द्रीय बैंकको नाम के हो? Swiss National Bank
१९२. नेपालमा छालाको मुद्रा कसले चलाएका हुन्? सिद्धिनरसिह मल्ल
१९३. कर्जा सुचना केन्द्रको कालोसुचीमा कायम रहेका ऋणीलाई प्रदान गरिएको कर्जा लाई कस्तो कर्जा मानिन्छ? खराब कर्जा
१९४. वित्तीय क्षेत्र विकास रणनीति ले कतिवटा मार्गदर्शक सिद्धान्तहरु लिएको छ? १० वटा
१९५. बैंक वा वित्तीय संस्थाले साधारण जगेडा कोषमा चुक्तापुँजीको दोब्बर नभएसम्म प्रत्येक आर्थिक वर्षको खुद नाफाबाट कम्तिमा कति प्रतिशत रकम थप्दै जानु पर्दछ? २०%
१९६. नेपाल राष्ट्र बैंकले बासलात, आय व्यय र सोसँग सम्बन्धित विवरणसमेत खुलाई प्रत्येक आर्थिक वर्षको लागि तयार पारेको वार्षिक प्रतिवेदन को समक्ष पेश गर्नुपर्दछ? नेपाल सरकार
१९७. SEBON को पूरा रूप के हो? Securities Board of Nepal
१९८. रनोद्विप सिंहको पालामा तेजारथ अड्डा द्वारा प्रवाह गरिएको कर्जामा कति प्रतिशत ब्याजदर लाग्थ्यो? ५%
१९९. अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ? जनवरी २६
२००. मेरी उषा, चिरहरण र कोही किन बर्बाद होस् कृतिका लेखक को को हुन्? वाशु शशी, निलम कार्की निहारिका, विजय बहादुर मल्ल
For latest and gk about Nepal and World in English .
ReplyDeleteGK NEPAL
For latest and gk about Nepal and World in English .
ReplyDeleteGK NEPAL